FAQs Complain Problems

नागार्जुन नगरपालिकाको दृश्य

Read More

इचङगु नारायण मन्दिर

Read More

स्वीजरल्याण्ड पार्क

Read More

सेतो (white) गुम्बा

Read More

नागार्जुन नगरपालिकाको आवास क्षेत्र

Read More

आदेश्वर मन्दिर

Read More

बद्री नाथ मन्दिर

Read More

संक्षिप्त परिचय

नागार्जुन नगरपालिकाको परिचय

 

नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते काठमाडौं जिल्लाका साविक पाँच गा.वि.स.  इचङ्गुनारायण, सीतापाईला,  रामकोट, भीमढुङ्गा, स्यूचाटार  समेटेर घोषणा  भएको २९.८ वर्ग कि.मि. क्षेत्रफल रहेको नागार्जुन नगरपालिका भौगोलिक रुपमा  पुर्व देशान्तर ८५° १२” देखि ८५° १७”  र उत्तर आक्षांश २७° ४०” देखि २७° ४४” को बिचमा पर्दछ । समुद्र सतह देखि १३०० देखि २५०० मी. औषत उचाई सम्म रहेको यस पालिकाको पुर्वमा काठमाडौं महानगरपालिकाको वडा नं १३,१४,१५ र १६,  पश्‍चिममा धादिङ्ग जिल्ला, उत्तरमा तारकेश्‍वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका रहेका छन्। जम्मा १० वटा वडामा बिभाजन गरिएको यस पालिकालाई भुसंरचनाको आधारमा  मुख्य २ क्षेत्रमा विभाजन गर्न सकिन्छ । १. उत्तरी पहाडी क्षेत्र २. उपत्यका क्षेत्र ।

     राष्ट्रिय जनगणना २०७८ अनुसार नगरपालिकाको कुल जनसंख्या १,१५,४३७ रहेको छ।जसमध्ये पुरूष ५७,५९६(४९.८९%) र महिला ५७,८४१(५०.११%) रहेको छ । घरधुरी संख्या ३१३०१ रहेको यस पालिकामा जनसंख्या धनत्व (प्रति वर्ग कि.मि.) ३,८६७ र बसोबास ५३६.४ (प्रति वर्ग कि.मि.) रहेको छ।

     मुख्‍यरुपमा बाहुन, क्षेत्री, नेवार, मगर, सन्यासी जस्ता जातीको बाहुल्यता रहेता पनि बिभिन्‍न जातजाती, समुदाय तथा धर्मावलम्विहरु बसोबास रहेको छ, जसमध्‍य अधिकांश जनसंख्या हिन्दु र बौद्ध धर्ममा आस्था राख्‍ने पाईन्छ।ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तब्यको रुपामा महत्व राख्‍ने महत्‍वपुर्ण स्थलहरू १. ईचङ्गुनारायण मन्दिर २. हल्चोक आकास भैरब ३. रानीवन क्षेत्र ४. नागार्जुन जामाचो ५. ह्वाईट गुम्बा ६. बद्री नारायण धाम ७. गणेशमान स्मृती पार्क ८. सहिद पार्क ९. भिमसेनस्थान, भीमढुङ्गा १०. स्वीजरल्याण्ड पार्क, ११. हसन्टार गुम्बा १२. भूवनेश्‍वरी मन्दिर १३. पञ्‍चकन्या मन्दिर १४. तारकेश्‍वर मन्दिर १५. विभिन्न स्थानमा रहेका होमस्टे जस्‍ता स्थानले  यस पालिकाको सौन्दर्यता बढाएको छ।

जन प्रतिनिधि

.
नगर प्रमुख
श्री शुशिला अधिकारी
उप– प्रमुख
deputymayor@nagarjunmun.gov.np
+९७७ ९८५१२२५७१७
महेश रिमाल
प्रवक्ता
ward05@nagarjunmun.gov.np
९८५१३४०७१७

पदाधिकारी

शिव प्रसाद रिजाल
प्रमुख प्रशासकीय अधिकृत
cao@nagarjunmun.gov.np
+९७७ ९८५१२६८१११

सेवाहरु

जन्म दर्ता

सेवा प्रकारः-

सेवा समयः-

सोहि दिन जिम्मेवार अधिकारीः-

स्थानीय पंजिकाधिकारी सेवा दिने कार्यालयः-

 सम्बन्धित वडा कार्यालय सेवा शुल्कः-

३५ दिन सम्म निशुल्क

आवश्यक कागजातहरुः- बुबा आमाको नागरिकताको प्रमाणपत्र, आवश्यकता अनुसार बिबाह दर्ता, सूचकको नागरिकताको प्रमाणपत्र, अन्य जिल्लाको नागरिकता भए बसाइसराइ

https://public.donidcr.gov.np/

चार किल्ला

  • नगर नक्सा
  • नगरपालिका श्रोत नक्सा
  • सेवा प्रकारः- घर जग्गा
    सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
    जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
    सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
    सेवा शुल्कः- सम्बन्धित वडा कार्यालय
    आवश्यक कागजातहरुः-

    १) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
    २) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
    ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
    ४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकताको प्रतिलिपि
    ५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
    ६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी 

प्रतिबेदन

विबाह प्रमाणित

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव

 

सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय

आवश्यक कागजातहरुः-

१) दुलहा दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

 

नागरिकता प्रतिलिपि

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको शिफारिस
 

घर जग्गा नामसारी शिफारिस

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः-सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षि बस्नेको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद 

 

आवश्यक form download को लागि

कर दस्तुर सेवा शुल्क

न.पा कर्मचारीहरुको लागि

 

जग्गा खरिद बिक्रीगर्दा गरिने बैनापट्टाको लागि आवश्यक कागजातहरु

नागार्जुन नगरपालिकामा जग्गा खरिद बिक्रीगर्दा गरिने बैनापट्टाको लागि आवश्यक कागजातहरु

१. ज.ध प्रमाण पुर्जाको सक्कलै, यदि बैंक तथा वित्तिय संस्थामा जग्गा रोक्का राखेको भए सो जग्गा रोक्का रहेको बैंक वा वित्तिय संस्थाको सिफारिस पत्र ।

२. जग्गा धनि र खरिद कर्ताको नेपाली नागरिकता प्रमाणपत्रको सक्कलै।

३. नापी नक्सा वा ब्लुप्रिन्ट प्रमाणित ।

४. बैनाको लेखापढी गर्नेको लाइसेनको फोटोकपी ।

५. चालु आ.व सम्मको सम्पत्ति कर तिरेको विवरण ।

६. बैना प्रमाणित गरि पाँउ भन्ने लिखित निवेदन ।

७. बिक्री कर्ताको हकदार र साक्षी बस्नेकोहकमा नेपाली नागरिकताको फोटो कपि सहित अनिवार्य उपस्थित हुनु पर्ने ।

जानकारी