मिति २०८० आश्विन १९,२१ र २२ गतेका दिन नागार्जुन नगरपालिकाको आयोजनामा आशन्न दशै ,तिहार र छठ लगायतका चाड पर्वको समयमा गुणस्तरीय बस्तुको आपूर्ति लगायतका मानिसको दैनिक जीवनसंग प्रत्यक्ष सरोकार राख्ने अनियमित गतिविधिलाई नियन्त्रण गर्नका लागि नागार्जुन न.पा का उपप्रमुख शुसिला अधिकारीको संयोजकत्वमा सम्बन्धित वडा कार्यलयका जनप्रतिनिधिहरु,नगरपालिकाका कर्मचारीहरु र वाणिज्य तथा उपभोक्ता हित संरक्षण महासंघका प्रतिनिधिहरुको सहभागितामा नागार्जुन वडा नं.-०८,नागार्जुन वडा नं.-०६ तथा नागार्जुन वडा नं.-०५ अन्तर्गत सञ्चालनमा रहेका ब्यबसाय तथा उद्याेगहरुकाे निरिक्षण तथा अनुगमन कार्य सम्पन्न गरियाे ।