FAQs Complain Problems

news and notice

संक्षिप्त परिचय

नागार्जुन नगरपालिकाको परिचय

 

नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते काठमाडौं जिल्लाका साविक पाँच गा.वि.स.  इचङ्गुनारायण, सीतापाईला,  रामकोट, भीमढुङ्गा, स्यूचाटार  समेटेर घोषणा  भएको २९.८ वर्ग कि.मि. क्षेत्रफल रहेको नागार्जुन नगरपालिका भौगोलिक रुपमा  पुर्व देशान्तर ८५° १२” देखि ८५° १७”  र उत्तर आक्षांश २७° ४०” देखि २७° ४४” को बिचमा पर्दछ । समुद्र सतह देखि १३०० देखि २५०० मी. औषत उचाई सम्म रहेको यस पालिकाको पुर्वमा काठमाडौं महानगरपालिकाको वडा नं १३,१४,१५ र १६,  पश्‍चिममा धादिङ्ग जिल्ला, उत्तरमा तारकेश्‍वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका रहेका छन्। जम्मा १० वटा वडामा बिभाजन गरिएको यस पालिकालाई भुसंरचनाको आधारमा  मुख्य २ क्षेत्रमा विभाजन गर्न सकिन्छ । १. उत्तरी पहाडी क्षेत्र २. उपत्यका क्षेत्र ।

     राष्ट्रिय जनगणना २०७८ अनुसार नगरपालिकाको कुल जनसंख्या १,१५,४३७ रहेको छ।जसमध्ये पुरूष ५७,५९६(४९.८९%) र महिला ५७,८४१(५०.११%) रहेको छ । घरधुरी संख्या ३१३०१ रहेको यस पालिकामा जनसंख्या धनत्व (प्रति वर्ग कि.मि.) ३,८६७ र बसोबास ५३६.४ (प्रति वर्ग कि.मि.) रहेको छ।

     मुख्‍यरुपमा बाहुन, क्षेत्री, नेवार, मगर, सन्यासी जस्ता जातीको बाहुल्यता रहेता पनि बिभिन्‍न जातजाती, समुदाय तथा धर्मावलम्विहरु बसोबास रहेको छ, जसमध्‍य अधिकांश जनसंख्या हिन्दु र बौद्ध धर्ममा आस्था राख्‍ने पाईन्छ।ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तब्यको रुपामा महत्व राख्‍ने महत्‍वपुर्ण स्थलहरू १. ईचङ्गुनारायण मन्दिर २. हल्चोक आकास भैरब ३. रानीवन क्षेत्र ४. नागार्जुन जामाचो ५. ह्वाईट गुम्बा ६. बद्री नारायण धाम ७. गणेशमान स्मृती पार्क ८. सहिद पार्क ९. भिमसेनस्थान, भीमढुङ्गा १०. स्वीजरल्याण्ड पार्क, ११. हसन्टार गुम्बा १२. भूवनेश्‍वरी मन्दिर १३. पञ्‍चकन्या मन्दिर १४. तारकेश्‍वर मन्दिर १५. विभिन्न स्थानमा रहेका होमस्टे जस्‍ता स्थानले  यस पालिकाको सौन्दर्यता बढाएको छ।

नागार्जुन नगरपालिकाको आ.व २०७५/०७६ को नीति,कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रम

नागार्जुन नगरपालिकाको दोश्रो नगर सभाको बैठक नगर प्रमुख मोहन बहादुर बस्नेत ज्युको अध्यक्षतामा प्रमुख अतिथि प्रदेश सभा सदस्यहरु माननीय अष्ठ लक्ष्मी शाक्यज्यु, बिश...ेश अतिथि माननीय केशब प्रसाद पोखरेलज्यु , माननीय प्रकाश श्रेष्ठज्युहरुको अातिथ्यतामा बसेको नगरसभाको बैठकमा नीति तथा कार्यक्रम उप प्रमुख

Pages