FAQs Complain Problems

आ.व २०८१/०८२ को वार्षिक निति,बजेट तथा कार्यक्रम

यस नागार्जुन नगरपालिकाको आ.व. २०८१/०८२ को नवौ नगर सभा अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको प्रमुख अतिथिमा,प्रतिनिधि सभा सदस्य क्षेत्र नं ७ माननीय गणेश पराजुली विशेष अतिथिमा ,पूर्व मन्त्री कल्पना धमालको ,पूर्व मन्त्री बिक्रम बहादुर थापा , पूर्व मन्त्री राधा कृष्ण मैनाली ,वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश मन्त्री केशव प्रसाद पोखरेल, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेश मन्त्री प्रकाश श्रेष्ठ, पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य उद्धव थापा, बागमती प्रदेश सभा सदस्य माननीय बालकुमारी विश्वकर्मा, बागमती प्रदेश सभा सदस्य माननीय आशा लामा, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरू एंव शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थितमा कार्यपालिका बैठकबाट अनुमोदन भएको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आय ब्यय रकम रु २५२५००००००/-(दुई अरब बाउन्र करोड पचास लाख मात्र)को बजेट उप-प्रमुख सुसिला अधिकारीबाट पेश गर्नु भयो ।। यसै गरी नगरपालिकाका कर्तव्यनिष्ठ भइ कार्य गर्ने कर्मचारीहरू मध्ये वरिष्ठ इन्जिनियर कञ्चन खनाल, लेखा सहायक सन्जित के.सी., वडा नं. ९ का सचिव प्रवला श्रेष्ठ र कार्यालय सहयोगी उत्तम बस्नेतलाई उत्सकृष्ट कर्मचारीकाे सम्मान प्रदान गरिएको थियो ।

 

Supporting Documents: