यही पौष २९ गतेदेखि स्वास्थ्य बीमाको शुभारम्भ गरिने भएको छ । पहिले नगरपालिका रहेको भवनमा हालै नगर अस्पतालको व्यवस्थापन सम्पन्न भएबाट यो कार्यको थालनी हुन लागेको हो । यसबाट नगरबासीहरुले स्वास्थ्य उपचारमा आर्थिक छुट एवं सहुलियत प्राप्त गर्न सक्ने छन् । उक्त कार्यक्रममा नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतको अध्यक्षतामा, स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीको प्रमुख आतिथ्यता रहेको थियो भने उप–प्रमुख श्री सुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारी, शिक्षा शाखा प्रमुख एवं उपसचिव श्री कृष्ण बहादुर कुँवर, वडा नं. ५ का वडाध्यक्ष तथा नगर प्रवक्ता श्री महेश रिमाल, डा. हिरा नेपाली, स्वास्थ्य शाखा प्रमुख श्री डिल्लीराम सुवेदी, स्वास्थ्य बिमा बोर्ड काठमाडौंका संयोजक श्री कृष्णप्रसाद पोखरेल, विभिन्न वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु, नगरका कर्मचारीहरु तथा बिमा दर्ता सहयोगीहरुको उपस्थिति रहेको थियो ।