यस नागार्जुन नगरपालिकाको आ.ब.२०८०/२०८१ को सातौं नगर सभा अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा,पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहको प्रमुख अतिथिमा,प्रतिनिधि सभा सदस्य क्षेत्रनं ७ का माननीय गणेश पराजुली,पूर्व मन्त्री कल्पना धमाल ,पूर्व मन्त्री बिक्रम बहादुर थापा ,नेपालि सेनाका प्रधानसेनापति प्रभुराम शर्मा ,बागमती प्रदेश सभा सदस्य माननीय केशव प्रसाद पोखरेल, बागमती प्रदेश सभा सदस्य माननीय प्रकाश श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य माननीय उद्धव थापा, बागमती प्रदेश सभा सदस्य माननीय बालकुमारी विश्वकर्मा, बागमती प्रदेश सभा सदस्य माननीय आशा लामा, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरू एंव शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थितमा कार्यपालिका बैठकबाट अनुमोदन भएको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आय ब्यय रकम रु २,१५,००,००,०००/-(दुई अरब पन्ध्र करोड मात्र)को बजेट उप-प्रमुख सुसिला अधिकारीबाट पेश गर्नुका साथै नगर सभाको बैठकमा सर्ब सम्मत रुपले पारित भएको प्रबक्ता महेश रिमालले जानकारी गराउनु भयो ।