FAQs Complain Problems

श्रम स्वीकृति अनलाईन आवेदन कार्यको शुभारम्भ

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित एवं भरपर्दो बनाई स्थानीय तहसम्म पहुँच अभिबद्धि गर्न वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत तथा पुन: श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य मिति 2079/12/18 को मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रलाई जिम्मेवारी तोकिएकोमा नागार्जुन नगरपालिकाको रोजगार सेवा केन्द्रमा प्रथम पटक मिति 2080/11/08 गते अन्लाईन सेवा लिन आउनु भएको सेवाग्राही श्री महुमद करमदिन मियाले श्रम स्वीकृति प्राप्त गर्नु भएको छ । नागार्जुन नगरपालिकाबाट श्रम स्वीकृति अनलाईन आवेदन कार्यको शुभारम्भ भएको छ ।

पुनश्च:वैदेशिक रोजगार विभागको Foreign Employment Information Management System(FEIMS) मा अनलाइन आवेदन गरी श्रमिकले श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भएपनि अधिकांश नेपाली श्रमिकले अनलाइन आवेदन अन्य अनधिकृत व्यक्ति वा सेवाप्रदायक संस्था मार्फत गर्दा श्रमिकको सम्पुर्ण विवरण प्रविष्ट नहुने, सेवापत धेरै रकम तिर्न बाध्य हुनुपर्ने र विभिन्न बाहाना बनाइ श्रमिकलाई दु:ख हैरानी दिने कार्य भै रहेकोले नागार्जुन नगरपालिकाको रोजगार सेवा केन्द्रबाट निःशुल्क रुपमा उक्त सेवा लिनु हुन सम्बन्धित सम्पुर्ण सरोगारवालाहरुमा हार्दिक अनुरोध छ ।