मिति २०८० साल चैत्र १५ गते दिनको २.०० बजे नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा जिल्ला प्रहरी परिसर, काठमाण्डौं र नागार्जुन नगरपालिकाको साझेदारीमा पाठ्यसामाग्री - २०८१ सम्झौता तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत प्रमुख आतिथ्यतामा, नगर उप–प्रमुख सुशिला अधिकारी विशेष आतिथ्यतामा ,जिल्ला प्रहरी परिसर काठमाडौंका प्र.व.उ. भूपेन्द्र बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, नगर शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवर ,स्वयम्भू प्रहरी वृत्तका प्रमुख पूर्णिमा कुमारी चन्द ,नगर प्रवक्ता एवं वडा अध्यक्ष महेश रिमाल, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, कर्मचारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।