FAQs Complain Problems

संक्षिप्त परिचय

संक्षिप्त परिचय

नगरपालिका एक परिचय नव घोषित नगरपालिकाः नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते घोषण भएको यो नगरपालिका मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल अन्तर्गत काठमाँडौ जिल्लामा पर्दछ । पूर्वमा काठमाडौं महानगरपालिकाको वडा नं १४,१३,१५ र १६ पश्चिममा धादीङ्ग जिल्ला, उत्तरमा तारकेश्वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका रहेका छन् । भौगोलिक दृष्टिबाट योे नगरपालिका पुर्व देशान्तर ८५० १२’ देखि ८५० १७’ को विचमा र उत्तर आक्षांश २७० ४०’ देखि २७० ४४’ को विचमा पर्दछ ।  नगरपालिकाको क्षेत्रफल ः २९.८ वर्ग कि.मी.  उत्तरी आक्षांश ः २७० ४०’ देखि २७० ४४’  पूर्वी देशान्तर ः ८५० १२’ देखि ८५० १७’  औषत उचाई ः समुद्र सतह देखि १३०० देखि २५०० मी. सम्म । भौगोलिक बनावटको दृष्टिकोणले यस नगरपालिकालाई मुख्य २ क्षेत्रमा विभाजन गर्न सकिन्छ

१. उत्तरी पहाडी क्षेत्र २. उपत्यका क्षेत्र नगरपालिकामा गाभिएका साविक गा.वि.स.का वडाहरुको विवरण वडा नं. साविक वडाहरु साविक गाविसहरु १ ७,८,९ इचङ्गुनारायण २ ५,६ इचङ्गुनारायण ३ १,२,३,४ इचङ्गुनारायण ४ १,२,४ सीतापाईला ५ ३,५,६ सीतापाईला ६ ७,८,९ सीतापाईला ७ ४,५,६ रामकोट ८ ७,८,९ रामकोट ९ १,२,३ रामकोट १० १,४,५,७,८ भीमढुङ्गा ११ २,३,६,९ भीमढुङ्गा १२ १,३,६ स्यूचाटार १३ २,४,५ स्यूचाटार १४ ७,८,९ स्यूचाटार राष्ट्रिय जनगणना २०६८ अनुसार नगरपालिकाको घरधुरी संख्या १६७४६ छ भने कूल जनसंख्या ६७४२० रहेको छ ।&nbsp;</strong><strong>&nbsp;जसमध्ये पुरुष ३४०६४ (५०.२५%) र महिला ३३३५६ (४९.७५%) रहेको छ । अधिराज्यका अन्य भागबाट समेत क्रमिक रुपमा बसाई सर्ने प्रवृत्ति भईरहेको हुँदा यहाँ विभिन्न जाति तथा धर्मालम्विहरुको वसोवास पाईन्छ । नेवार, बाहुन मगर, सन्यासी तथा क्षेत्री जातिको बाहुल्यता रहेको यस नगरपालिकामा अधिकांश जनसंख्या हिन्दु र वौद्ध धर्म मान्ने गर्दछन् । औषत घरपरीवार संख्या ४.२१ छ भने लिङ्ग अनुपात ०.९८ रहेको छ । यस नगरपालिकामा प्रति वर्ग कि.मी. ५३६.४ को वसोवास रहेको छ । कुल जनसंख्या ः ६७४२० पुरुष ः ३४०६४ महिला ः ३३३५६ कुल घरधुरी संख्या ः १६७४६ प्रति परिवार औषत संख्या ः ४.२१ लिङ्ग अनुपात ः ०.९८ जनसंख्या घनत्व(प्रति वर्ग कि.मी.) ः २२६२.४२ नगर क्षेत्र भित्र रहेका केहि महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको नामावली १. ईचङ्गुनारायण मन्दिर २. हल्चोक आकास भैरब ३. रानीवन क्षेत्र ४. नागार्जुन जामाचो ५. ह्वाईट गुम्बा ६. बद्री नारायण धाम ७. गणेशमान स्मृती पार्क ८. सहिद पार्क ९. भिमसेनस्थान, भीमढुङ्गा १०. स्वीजरल्याण्ड चौर, पार्क ११. हसन्टार गुम्बा १२. भूवनेश्वरी मन्दिर १३. पञ्चकन्या मन्दिर १४. तारकेश्वर मन्दिर १५. विभिन्न स्थानमा रहेका होमस्टे जस्तै थाप्ले आदि|