यस नागार्जुन नगरपालिकाका नगर उप-प्रमुख सुसिला अधिकारीको अध्यक्षतामा,प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद ढकाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,शाखा प्रमुख एंवम नगरपालिकाका कर्मचारीहरूको उपस्थितिमा आ.व २०७८/७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयो ।
यस नागार्जुन नगरपालिका अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,नगर उप-प्रमुख सुसिला अधिकारी ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,शाखा प्रमुख एंवम नगरपालिकाका कर्मचारीहरूको उपस्थितिमा सरुवा भई आऊँनु भएका प्रमुख प्रशासकीय अधिकृत इश्वोरि प्रसाद ढकाल लाई स्वागत एंवम सरुवा भई जानु भएका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर लाई बिदाई कार्यक्रम सम्पन्न भयो ।
वागमती प्रदेश सरकार आन्तरिक ममिला तथा कानून मन्त्रालय हेटौंडाको खण्ड(५) हेटौंडा ,नेपाल,चैत्र २४ गते,२०७८ सालको अध्यादेश नं २ बमोजिम स्थानीय सेवा (गठन तथा संचालन) अध्यादेश,२०७८ मा भएको व्यवस्था बमोजिम तह वृद्धि हुने सम्पूर्ण नागार्जुन नगरपालिकाका कर्मचारीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!
यस नागार्जुन नगरपालिकाको आ.ब.२०७९/०८० को छैठौं नगर सभा अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा,संघीय ममिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख अतिथिमा,प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठको विशेष अतिथिमा ,पूर्व मन्त्री बिक्रम बहादुर थापाको विशेष अतिथिमा,बागमती प्रदेश सभा सदस्य माननीय केशव प्रसाद पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरू एंव शाखा प्रमुख कर्मचारीहरूको उपस्थितमा कार्यपालिका बैठकबाट अनुमोदन भयको आर्थिक बर्ष २०७९/०८० को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आय ब्यय रकम रु २,२१,०३८०,०००/-(दुई अर्व एकाईस करोड तीन लाख असी हजार मात्र)को बजेट नगर सभाको बैठकमा पेश गर्नुका साथै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा नगरपालिका अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने सर्वसम्मत निर्णय भयको जानकारी प्रबक्ता महेश रिमालले जानकारी गराउनु भयो ।
यस नागार्जुन नगरपालिका अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु र नगरपालिकाका कर्मचारीहरूको उपस्थितिमा प्रथम कार्यपालिकाको बैठक सम्पन्न भयो ।
यस नागार्जुन नगरपालिका अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,शाखा प्रमुख एंवम नगरपालिकाका कर्मचारीहरूको उपस्थितिमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक जानकारी सम्बन्धमा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल एंवम निलकण्ठ नगरपालिकाका सल्लाकार दीपक कोइराला द्वारा अभिमुखीकारण कार्यक्रम
यस नागार्जुन नगरपालिका अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,शाखा प्रमुख एंवम नगरपालिकाका कर्मचारीहरूको उपस्थितिमा सरुवा भई आउँनु भएका लेखा शाखा प्रमुख आनन्द कुमार खड्कालाई स्वागत एंवम लेखा शाखा प्रमुख कपिल पौडेललाई बिदाई कार्यक्रमका
यस नागार्जुन नगरपालिकाको आ.ब.२०७८/०७९ को पाँचौँ नगर सभा अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,प्रमुख अतिथि प्रदेशसभा सदस्यहरु माननीय केशव पोखरेल विशिष्ट अतिथि प्रदेशसभा सदस्य माननीय प्रकाश श्रेष्ठ ,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरू एंव शाखा प्रमुखहरूको उपस्थितमा कार्यपालिका बैठकबाट अनुमोदन भएको आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आयव्यय रकम रु १८५२३२५४७४ (एक अरब पचासी करोड तेईस लाख पच्चीस हजार चार सय चौरहत्तर मात्र)को बजेट उप-प्रमुख सुशिला अधिकारी बाट पेश गर्नु भएकोमा नगर सभाको बैठकमा सर्वसम्मत रुपले पारीत भएको जानकारी प्रवक्ता थुमराज के.सीले जानकारी गराउनु भयो ।
यस नागार्जुन नगरपालिकाको आ.ब.२०७७/०७८ को चौथो नगर सभा अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,प्रमुख अतिथि माननीय शहरी बिकाश राज्यमन्त्री रामविर मानन्धर विशिष्ट अतिथिहरु प्रदेशसभा सदस्यहरु माननीय केशव पोखरेल र प्रकाश श्रेष्ठहरुको उपस्थितमा कार्यपालिका बैठकबाट अनुमोदन भयको आर्थिक बर्ष २०७७/०७८को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आय ब्यय रकम रु १५९२२०७००(एक अरब उनन्साठी करोड बाईस लाख सातहजार मात्र)को बजेट उप-प्रमुख सुसिला अधिकारी बाट पेश गर्नु भयकोमा नगर सभाको बैठकमा सर्ब सम्मत रुपले पारित भयको जानकारी प्रबक्ता थुमराज केसिले जानकारी गराउनु भयो भने नीतिगत उठेका प्रश्नहरुको जवाफ प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरज्युले दिनु भयो|
नागार्जुन नगरपालिका अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा आ.व ०७७/०७८ को नगर सभामा प्रस्तुत हुने बार्षिक,निति कार्यक्रम तथा बजेट सम्बन्धि रायसुझाव संकलनार्थ मिति २०७७/०२/२५ गते संघिय माननीयहरूसंग बसेको बैठक बसी सल्लाह सुझाव लिने काम सम्पन्न भएको छ
नागार्जुन नगरपालिका आ.व ०७७/०७८ को नगर सभामा प्रस्तुत हुने बार्षिक,निति कार्यक्रम तथा बजेट सम्बन्धि राय सुझाव संकलनार्थ मिति २०७७/०२/२३ गते बिज्ञहरुसंग बैठक बसी सल्लाह सुझाव लिने काम सम्पन्न भएको छ ।
आ.व ०७७/०७८ को नगर सभामा प्रस्तुत हुने बार्षिक,निति कार्यक्रम तथा बजेट सम्बन्धि रायसुझाव संकलनार्थ मिति २०७७/०२/२२ गते बसेको सर्वदलिय बैठक
यस नागार्जुन नगरपालिका अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,प्रमुख अातिथ्यतामा उप-प्रमुख शुशिला अधिकारी,वडा अध्यक्षहरू, नगर सभा सदस्यहरू ,वडा सदस्यहरू ,शाखा प्रमुख एंवम नगरपालिकाका कर्मचारीहरको उपस्थितिमा सरुवा भई आउँनु भएका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर तथा महानगरीय प्रहरी ब्रिट स्वयंभूका DSP निराजन दत्त भट्ट लाई स्वागत एंवम DSP लालध्वज सुवेदीलाई बिदाई कार्यक्रम
यस नागार्जुन नगरपालिका अन्तर्गत सितापाईला-रामकाेट-भिमढुङ्गा सडक खण्ड पिचकाे कार्य शुरु भएको छ,हरिसिद्धिको ओरालो सम्म हुने पहिलाे चरणकाे पिचको काम भइरहेको छ !
अा.ब.२०७५/०७६ को वार्षिक प्रगति समिक्षा अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,प्रमुख अातिथ्यतामा प्रदेशसभा सदस्य माननीय केशव पोखरेल , ज़िल्ला समन्वय समितिका सदस्य सिला चर्मकार,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा,वडा अध्यक्षहरू,सम्पूर्ण नगर सभा सदस्यहरू,सरोकार वाला एंवम नगरपालिकाका कर्मचारीहरको उपस्थितिमा कार्यक्रम सम्पन भयो ।
नागार्जुन नगरपालिका आ.व २०७५-०७६ को विशेष नगर सभा कार्यक्रम नगर प्रमुख मोहन बहादुर बस्नेत ज्यू को अध्यक्षतामा प्रमुख अतिथि प्रतिनीधि सभा संसद कृष्णा गोपाल श्रेष्ठ आतिथ्यमा सम्पन्न भयो
नागार्जुन नगरपालिका आ.व २०७५-०७६ को नीति तथा कार्यक्रमको सार्वजनिककारण कार्यक्रम नगर प्रमुख श्रीमोहन बहादुर बस्नेतज्यूकाको अध्यक्षतामा प्रदेश नं ३ का माननीय मुख्य मन्त्री श्री डोरमणि पौड़ेल ज्यू प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
नागार्जुन नगरपालिका आ.व २०७५-०७६ को नीति तथा कार्यक्रम बजेटमा दफ़ावार छलफल भई रु८० करोड़ ४१ लाख ११ हज़ार बजेट पारित भयो|
नागार्जुन नगरपालिकाको प्रथम नगर सभाले आ.व २०७४।७५ को वार्षिक निति, कार्यक्रम र वजेटको सार्वजनिकिकरण कार्यक्रमको झलकहरु
नागार्जुन नगरपालिकाको पाचौं नगरपरिषदले पारित गरेको आ.व २०७४।७५बार्षिक बजेट, निति तथा कार्यक्रम सम्बन्धि परिषदको निर्णय सार्विजनिकिकरण कार्यक्रम मिति २०७३ पौष २० गते बुधवार माननीय उद्योग मन्त्री नविन्द्रराज जोशीज्यूको प्रमुख आतिथ्यतामा तथा माननीय सांसद रामविर मानन्धर र बिक्रम बहादुर थापाज्यूको विशेष आतिथ्यतामा सम्पन्न भयो ।
नागार्जुन नगरपालिकाको तेश्रो नगर परिषद सम्पन्न भई नगर परिषदको निर्णय सार्वजनिकीकरण कार्यक्रम मिति २०७२।९।२८ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रीज्यूको प्रमुख आतिथ्यमा गते सुसम्पन्न भयो ।